शनिबार, १५ वैशाख २०८१

मञ्जुश्री फाइनान्सको खुद नाफा ७ करोड ५३ लाख

समयपोष्ट २०७८ माघ ७ गते १८:२९

Advertisement

मञ्जुश्री फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा फाइनान्सले ७ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३३.५२ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा फाइनान्सले ११ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी बढेपनि अन्य सञ्चालन आम्दानी घटेको र इम्पेरमेन्ट चार्ज बढेका कारण खुद नाफा बढ्न दबाब पुगेको हो।

समीक्षा अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी २.२४ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १६०.७७ प्रतिशत बढेको छ। समीक्षा अवधिमा फाइनान्सको सञ्चालन मुनाफा भने ३०.८६ प्रतिशत घटेको छ। सो अवधिसम्ममा फाइनान्सको वितरण योग्य मुनाफा ५ करोड ८५ लाख रुपैयाँ रहेको छ।

नाफा घटेसँगै फाइनान्सको प्रतिशेयर आम्दानी पनि घटेको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा २३ रुपैयाँ ४९ पैसा रहेको फाइनान्सको यस्तो आम्दानी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा घटेर ११ रुपैयाँ १६ पैसामा झरेको छ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा फाइनान्सको चुक्ता पूँजी ४० प्रतिशत बढेको छ भने जगेडा कोष ४६.५९ प्रतिशत घटेको छ। समीक्षा अवधिमा फाइनान्सको निक्षेप १६.१९ प्रतिशत र कर्जा ४१.७३ प्रतिशत बढेको छ।

पुस मसान्तसम्ममा फाइनान्सको मूल्य आम्दानी अनुपात ६७.९० गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३१ रुपैयाँ रहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री