बिहीबार, १५ चैत २०८०

नेपालबाट अमेरिकामा जुवा खेलाउने गिरोह समातियो

समयपोष्ट २०७८ माघ ६ गते १६:५६

Advertisement

नेपालमा बसेर अनलाइनमार्फत अमेरिकामा जुवा खेलाउने गिरोहलाई महानगरीय अपराध अनुसन्धान महाशाखाले समातेको छ ।

कीर्तिपुर नगरपालिकास्थित चोभार, नगाउँ र बागभैरवस्थित विभिन्न घरहरूमा खानतलासी गरी अनलाइन जुवा खेलाइरहेको अवस्थामा उनीहरूलाई जुवा खेलाउन प्रयोग हुने ल्यापटप, मोबाइल लगायत उपकरणहरूसहित पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

नेपालबाट मोबाइल एप्लिकेशन चलाएर अमेरिकामा जुवा खेलाएको अभियोगमा १२ जनालाई पक्राउ गरिएको महाशाखाका प्रमुख वसन्तबहादुर कुँवरले बताए ।

उनका अनुसार पक्राउ पर्नेमा नेपालका मुख्य नाइके सुजेन्द्र थापा, प्रदीपमान सिंह बस्नेत, बुद्ध महर्जनसहित मनिष थापा, समिर थापा, कविता थापा, रविन खड्का, रोजा महर्जन, शाहिल महर्जन, हनिशा महर्जन, विनोद ठगुन्ना र रमादेवी श्रेष्ठ छन् ।

उनीहरुले जुवा खेलाएवापत कमिसन पाउने गरेको कुँवर बताउँछन् । तीन मुख्य व्यक्तिबाहेक अन्य कामदारका रुपमा प्रयोग भएका थिए भने अन्यले कामदारका रुपमा जुवा खेल्न लिंक शेयर गर्ने गरेको पाइएको कुँवर बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री