शुक्रबार, १४ वैशाख २०८१

१० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि

समयपोष्ट २०७८ माघ ४ गते १६:३७

Advertisement

पछिल्लो २४ घण्टामा १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

२२ हजार ८२८ जनामा कोरोना परीक्षण गर्दा १० हजार २५८ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधिमा ५६२ जना संक्रमणमुक्त भएका छन् भने १ जनाको मृत्यु भएको जनाएको छ । यससँगै देशभर संक्रमितको कुल संख्या ३९ हजार ४४ पुगेको छ।

हालसम्म पीसीआर विधिबाट भएको कोरोना परीक्षणमा ८ लाख ६८ हजार २१५ र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख ३ हजार ९८३ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये ८ लाख १७ हजार ५४७ जना निको हुँदा कुल ११ हजार ६२४ जनाको मृत्यु भएको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा २ लाख १३ हजार १४८ जनाले खोप लगाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री