शनिबार, ५ जेठ २०८१

हिमालयन बैंकद्धारा संकटा क्लबलाई दश लाख प्रदान

समयपोष्ट २०७८ पुष २६ गते १७:३२

Advertisement

हिमालयन बैंक लिमिटेडले शहिद स्मारक ए डिभिजन फुटबल प्रतियोगितामा सहभागी हुन न्यूरोड स्थित संकटा क्लबलाई दश लाख रुपैयाँ प्रदान गरी प्रायोजन गरेको छ ।

बैंकले सो रकम खेलाडीहरुको खेल तयारी तथा खेलमा आवश्यक पर्ने सर–सामान खरिद गर्न प्रदान गरेको जनाएको छ । बैंकले विगत देखि नै देशमा विभिन्न खेलकुद तथा खेलाडीहरुको विकास र प्रवद्र्धनमा योगदान प्रदान गर्दै आएको जनाएको छ ।

बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणाले सो रकम एक समारोहका बीच संकटा क्लबका महासचिब रमेश धोज बस्नेतलाई हस्तानतरण गर्नुभएको छ ।

उक्त समारोहमा महाप्रबन्धक अनुप मास्के लगायत अन्य वरिष्ठ पदाधिकारीहरु सहित संकटा क्लबका अध्यक्ष इनद्रमान तुलाधर लगायत अन्य प्रतिनिधिहरुको उपस्थिति रहेका थियो ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री