शनिबार, ५ जेठ २०८१

भौतिक दूरी कायम हुने व्यवस्था मिलाइ सेवा प्रवाह गर्न बैंक वित्तिय संस्थालाई केन्द्रीय बैंकको अनुरोध

समयपोष्ट २०७८ पुष २६ गते १४:३८

Advertisement

केन्द्रीय बैंकले कोभिड-१९ को संक्रमण बढ्न थालेपछि बैंक वित्तिय संस्थालाई सर्तकर्ता अपनाउन आग्रह गरेको छ ।

राष्ट्र बैंकले सोमबार एक निर्देशन जारी गर्दै ‘सेवाग्राहीको भिडभाड नहुने तथा भौतिक दूरी कायम हुने व्यवस्था मिलाइ सेवा प्रवाह गर्ने’ व्यवस्था मिलाउन आग्रह गरेको हो ।

राष्ट्र बैंकले सेवा प्रवाहमा प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ति तथा सेवाग्राहीमा संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न आवश्यक उपाय अवलम्बन गर्न समेत भनेको छ । यसबाहेक बैंक तथा वित्ती संस्थाले सञ्चालन गरेको एटीएम बुथहरुबाट हुनसक्ने संक्रमण जोखिम न्यूनीकरण गर्न ढोका खुला राखी सेनिटाइजरलगायका सामाग्रीको व्यवस्था गर्न भनेको छ।

बैंक तथा वित्तीय संस्थाबाट सञ्चालन गरिने बैठक, गोष्ठी, सेमिनार, तालिम जस्ता कार्यक्रमहरुमा भौतिक दूरी सुनिश्चित गर्ने वा यस्ता कार्यक्रम सकभर भर्चुल माध्यमबाट गर्ने व्यवस्था मिलाउन भनेको छ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री