शनिबार, ५ जेठ २०८१

मुक्तिनाथ वित्तीय सेवाहरुको वर्गमा उत्कृष्ट बैंकको रुपमा पुरस्कृत

समयपोष्ट २०७८ पुष २५ गते २२:०२

Advertisement

मुक्तिनाथ विकास बैंक, वित्तीय सेवाहरुको वर्गमा उत्कृष्ट बैंकको रुपमा पुरस्कृत भएको छ ।

कर्पोरेट क्लबद्वारा आयोजित ‘एचआरएम अवार्डस् फर कर्पोरेट एक्सिलेन्स २०२१’ को विजेता भएको हो । काठमाडौंमा आयोजित कार्यक्रममा उक्त अवार्ड बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले ग्रहण गरेका थिए । साथै, उक्त सम्मान पाएकोमा बैंकलाई र बैंकका कार्यरत कर्मचारीहरुलाई अझै राम्रो सेवा प्रदान गर्ने उर्जा मिल्ने बैंकले विश्वास लिएको छ ।

बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिषा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटिएमबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

त्यसैगरी मोबाइल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, इन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा गर्ने सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री