शुक्रबार, १४ वैशाख २०८१

अंग प्रत्यारोपण समाज नेपालको अध्यक्षमा डा. पुकार

समयपोष्ट २०७८ पुष २५ गते ७:२७

Advertisement

अंग प्रत्यारोपण समाज नेपाल (नेसोट) को पहिलो वार्षिक साधारण सभाले डा.पुकारचन्द्र श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

जसको उपाध्यक्षमा प्राध्यापक डा. गुण कुमार श्रेष्ठ, महासचिवमा डा.कल्पना श्रेष्ठ र कोषाध्यक्षमा डा.दीपेश कुमार श्रेष्ठ चयन हुनुभएको छ।

कार्यसमिति सदस्यमा डा. गोपी अर्याल, डा.विशेष पौडेल, डा.लुशन सिंह, डां शोभित थापा र डा. ललति दास रहनुभएको छ । सबै पदाधिकारी तथा सदस्य निर्विरोध चयन भएको भएको हो।

यस कार्यसमितिले आगामी २ वर्षमा अंग प्रत्यारोपण तथा डायलासिस सेवा देशभर विस्तार गर्ने प्रतिवद्धता जनाएको छ। साथै नेसोटका सदस्यको वृत्तिविकासमा समेत भूमिका खेल्ने अध्यक्ष डा. पुकारचन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

नवनिर्वाचित अध्यक्ष डा. पुरकारले निवर्तमान अध्यक्ष डा. निरज जोशीले सफल कार्यकाल पुरा गरेकोमा धन्यवाद ब्यक्त गर्नुभयो । डा. पुकार प्रत्यारोपणविद् तथा भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री