बिहीबार, १३ वैशाख २०८१

नेपाल बीमक संघको अध्यक्षमा क्षेत्री, महासचिवमा खड्का

समयपोष्ट २०७८ पुष २३ गते १८:११

Advertisement

निर्जीवन बीमा कम्पनीहरूको संगठन नेपाल बीमक संघको अध्यक्षमा चंकी क्षेत्री चयन भएका छन् ।

शुक्रबार राजधानीमा सम्पन्न संघको अधिवेशनमा क्षेत्री अध्यक्षमा निर्विरोध चयन भएका हुन् ।

नवनिर्वाचित अध्यक्ष क्षेत्री सगरमाथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । उनी यसअघि संघको महासचिवमा थिए ।

संघको उपाध्यक्षमा सिद्धार्थ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) वीरेन्द्र बैद्यवार चयन भएका छन् भने महासचिवमा नेको इन्स्योरेन्सका सीईओ अशोक खड्का, कोषाध्यक्षमा आईएमई जनरल इन्स्योरेन्सका सीईओ युगेशभक्त बादे श्रेष्ठ निर्विरोध चयन भएका छन् ।

संघको अन्य सदस्यहरूमा प्रभु इन्स्योरेन्सका सञ्चित बज्रचार्य, अजोड इन्स्योरेन्सका कुमार बहादुर खत्री, राष्ट्रिय बीमा कम्पनीका सुवास कोइराला, जनरल इन्स्योरेन्सका रामचन्द्र श्रेष्ठ र ओरियन्टलका विनोद घाते निर्विरोध चयन भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री