
काठमाडौंको कपनमा एक युवक र युवती मृत फेला परेका छन् ।
संखुवासभा घर भएका २६ वर्षीय अमिश जिमि र खोटाङ घर भएकी युसिना राई कपनको शिवजी चोकस्थित केटाको ठूलीआमाको घरको कोठामा मृत अवस्थामा भेटिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
उनीहरु २२ दिन पहिलेदेखि लिभिङ टुगेदरमा बसेको बताईएको छ ।
युवतीको शरिरमा धारिलो चक्कुले रोपेको धेरै चोट देखिएको छ । केटाको घाँटीमा चक्कुले रेटेको चोट छ । गएराति साढे १२ बजे खबर पाएर प्रहरी घटनास्थलमा पुगेको थियो । घटनास्थलमा पुग्दा युवती नग्न अवस्थामा पल्टिरहेकी थिइन् । अमिश अर्धनग्न अवस्थामा पल्टिएको र ढुक्ढुकी भएको पाएपछि प्रहरीले उनलाई चाबहिल चोकस्थित हेल्पिङ ह्याण्ड अस्पतालमा ल्याएका थिए । तर, अस्पतालमा उनको मृत्यु भयो । उनीहरु दुवैजना पब्जीको लतमा थिए ।









प्रतिक्रिया