शनिबार, १५ वैशाख २०८१

मिसेस् नेपाल वर्ल्डको उपाधि दिक्षालाई

समयपोष्ट २०७८ पुष १८ गते ९:४३

Advertisement

विवाहित महिलाहरूबीच आयोजित प्रतियोगिता ‘मिसेस् नेपाल वर्ल्ड २०२१’ को उपाधि काठमाडौँकी दीक्षा केसीले हात पारेकी छन् ।

यससंगै केसीले नेपालको प्रतिनिधित्व गर्दै ‘मिसेस् वर्ल्ड’ जाने अवसर समेत प्राप्त गरिन् ।

शनिवार आर्मी अफिसर्स क्लबमा सम्पन्न प्रतियोगितामा अभिनेत्री उषा रजक ‘मिसेस् नेपाल इन्टरनेसनल’ र पविता गिरी ‘एमएस इन्टरनेसनल’ घोषित भए । दुवै सिङ्गापुरमा आयोजना हुने क्रमशः मिसेस् इन्टरनेसनल र एमएस इन्टरनेसनलमा नेपालको प्रतिनिधित्व गर्नेछन् । उषा प्रतियोगितामा मस्ट ट्यालेन्टेड तथा मस्ट बोल्डको उपाधि पनि हात पारिन् ।

रिबन इन्टरटेनमेन्ट आयोजक रहेको प्रतियोगितामा सुनिता लामा फस्ट रनरअप, राजश्री थापा सेकेण्ड रनरअप र मनीता प्याकुरेल थर्ड रनरअप भए । प्रतियोगितामा माधुरी कर्णले बेस्ट स्माइल, भ्यूअर्स च्वाइस र प्रदेश २ उद्योग तथा पर्यटन मन्त्रलाय मिसेस् टुरिजम एम्बेस्डरको अवार्ड जितिन् भने लक्ष्मी जोशीले पब्लिक च्वाइस अवार्ड हात पारेकी छन् ।

अभिनेत्री गौरी मल्ल मानार्थ एमएस नेपाल उपाधिबाट सम्मान गरिएको कार्यक्रमको अश्विनीकान्त झा कोरियोग्राफर रहेका थिए । अनुराधा कोइराला, राजेश हमाल, प्रशान्त ताम्राकार, अश्रेता कार्की चौधरी, राजकुमार क्षत्री तथा अखिल चापागाईं प्रतियोगिताको निर्णायक रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री