बिहीबार, ३ जेठ २०८१

दिवंगत अभिनेता सुशान्त सिंहका भाइमाथि गोली प्रहार

समयपोष्ट २०७७ माघ १८ गते १३:३६

Advertisement

दिवंगत अभिनेता सुशान्त सिंहका भाई राजकुमार सिंहमाथि गोली प्रहार भएको छ ।

बिहारको सहरसामा शनिबार बिहान ११ः३० बजे सिंहमाथि गोली प्रहार भएको हो । राजकुमार सिंह सुशान्तका आफन्ती भाई हुन् ।

गोली प्रहारबाट राजकुमार सिंह र उनका सहयोगी गम्भीर घाइते भएका छन् ।

सरहसामा यामहा कम्पनीको मोटरसाइकल शोरुम चलाउँदै आएका राजकुमार सिंह आफ्ना सहयोगी अली हसनका साथ शोरुम जाने क्रममा उनीमाथि गोली प्रहार भएको भारतीय सञ्चार माध्यमले बताएका छन् ।

Advertisement

उनीहरुमाथि मोटरसाइकलमा आएका तीन जना अज्ञात समूहले गोली प्रहार गरेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री