शुक्रबार, १४ वैशाख २०८१

खराब कर्जा बढ्छ लुुकाउन पाउने ठाउँ छैन

समयपोष्ट २०७७ माघ १४ गते ११:२४

Advertisement

युनाइटेड फाइनान्सको अहिलेको अवस्था कस्तो छ ?

हाम्रो अवस्था एकदमै सबल छ । हामीले ८ प्रतिशत बाँड्न मिल्ने अवस्था हुँदाहुँदै पनि गत वर्षको मुनाफाबाट लाभांश बाँडेका छैनौँ । उक्त रकम रिर्जभमा लगेर राखेका छौँ । आर्थिक हिसाबमा युनाइटेड फाइनान्स एकदम सक्षम, सबल र बलियो संस्थाको रुपमा रहेको छ । चुक्ता पुँजीको हिसाबमा पनि यो नेपालको सबैभन्दा ठूलो फाइनान्स कम्पनी हो । हाम्रो १ अर्ब ४ करोडको चुक्ता पुुँजी रहेको छ । २३ वटा शाखा सञ्चालनमा छन् भने ५ वटा शाखा विस्तार गर्ने तयारीमा छौँ । यो २६ वर्ष पुरानो संस्था हो । पुरानो संस्था भईकन खराब कर्जाको मात्रा एकदम न्यून छ । त्यस हिसाबमा यसको अवस्था अत्यन्तै सबल र बलियो छ ।

फाइनान्स कम्पनीहरुलाई कोभिड–१९ ले कत्तिको असर गरेको छ ?

नेपालको समग्र बैङ्किङ क्षेत्रमा यसको असर छ । तर, सबैभन्दा बढी असर पर्यटन, यातायात र सेवाका सबै क्षेत्रहरु र उद्योगधन्दामा छ । फाइनान्स कम्पनीहरुले पनि पर्यटन, यातायात, सेवा क्षेत्रमा लगानी गरेको हुनाले यसको असर परेको छ ।

हाम्रो कम्पनीको कुरा गर्ने हो भने हायर पर्चेजमा हाम्रो ठूलो लगानी छ । त्यहाँ रिपेमेन्ट क्यापासिटीमा समस्या आएको छ । कोभिडको असर गत आर्थिक वर्षमा त्यति देखिएन, जति यो आर्थिक वर्षमा देखिन्छ । गत आर्थिक वर्षमा जम्मा तीन महिना असर गरेको हो । यो वर्ष ६महिना बितिसक्यो अर्को ६ महिना पनि हामीले यसबाट मुक्ति पाउने छैनौँ । त्यस हिसाबमा अब बैङ्किङ क्षेत्रमा कोभिडको प्रभाव कति रह्यो देखिन्छ । यसले बैङ्कहरुको मुनाफामा सङ्कुुचन पनि ल्याउँछ ।

कोभिड–१९ ले गर्दा राष्ट्र बैङ्कले बैङ्कहरुलाई सहुुलियत कर्जा दिने भनेको छ । यसले खराब कर्जा बढाउने जोखिम कत्तिको छ ?

यसलाई दुुईवटा पाटोबाट हेरौँ । मैले अघि पनि भनिसकेँ, मुुनाफा घट्छ । केही क्षेत्र अति प्रभावित छन्, तिनीहरुले पैसा तिर्न सकिरहेका छैनन् । त्यो भनेको खराब कर्जा बढ्ने हो । राष्ट्र बैङ्कले नीतिगत रुपमा असार मसान्तसम्मलाई मात्र प्रोभिजन रिल्याक्ससेसन दिएको हो । त्यो भनेको पुस मसान्तमा रेगुुलर कर्जालाई रेगुुलर मान्न पाइने, पाँच प्रतिशत मात्र प्रोभिजन गरेर हुने असारसम्म मात्र दिएको थियो । अहिले त्यो दिएको छैन । अहिले नदिइएको अवस्थामा खराब कर्जा बढी देखिन्छ । जस्तो– यो पुस मसान्त सकियो । बैङ्कहरुले ब्यालेन्ससिट छाप्छन् । त्यसमा असार मसान्तको तुलनामा खराब कर्जा बढेको देखिन्छ । असारमा त्यो झन् बढ्छ । त्यसमा कुनै द्विविधा छैन । सबै क्षेत्रले अलिकति राहत दिँदैमा लोन रिपेमेन्ट क्यापासिटी बढ्दैन । त्यसकारण खराब कर्जा बढ्छ, लुुकाउन पाउने ठाउँ छैन । राष्ट्र बैङ्कले यो आर्थिक वर्षका लागि रिल्याक्ससेसन दिएको छैन ।

 

फागुुन महिनाको अन्त्यसम्म पुुग्दा–नपुुग्दै हामी नर्मल लिक्विडिटीमा पुुगिसकेका हुन्छौँ । चैत पुुग्दा–नपुुग्दै तरलता टाइटको अवस्थामा पुुग्छौँ किनकि अब कोरोनाको डर हराएको अवस्था छ । चुनावको घोषणाले गर्दा मानिसहरुको चहलपहल झन् बढेको छ ।

अहिले बैङ्कहरुमा तरलता अत्यधिक छ । यसले अनुत्पादक क्षेत्रमा लगानी बढाउने जोखिम कत्तिको छ ?

पुससम्म हेर्ने हो भने तरलता फालाफाल भएकै हो । फालाफाल भएपछि ती कर्जाहरु विभिन्न क्षेत्रहरुमा अलि सस्तो दरमा गए । माघ १५ पछि, माघ मसान्तपछि तरलता टाइट हुँदै जान्छ । किनकि अब उत्पादनशील क्षेत्रमा पनि कर्जाको डिमान्ड आउन थालेको छ । अब बैङ्कहरुको प्राथमिकता उत्पादनशील क्षेत्र हुन्छ । फागुुन महिनाको अन्त्यसम्म पुुग्दा–नपुुग्दै हामी नर्मल लिक्विडिटीमा पुुगिसकेका हुन्छौँ । चैत पुुग्दा–नपुुग्दै तरलता टाइटको अवस्थामा पुुग्छौँ किनकि अब कोरोनाको डर हराएको अवस्था छ । चुनावको घोषणाले गर्दा मानिसहरुको चहलपहल झन् बढेको छ । यसले आर्थिक गतिविधिलाई क्रियाशील बनाउँछ । त्यसकारण चैत पुुग्दा–नपुुग्दै हामी तरलता टाइटको अवस्थामा पुुग्छौँ । लिक्विडिटी सरप्लस ६ महिना भएकै हो । अब बिस्तारै निक्षेपको वृद्धिदरभन्दा कर्जाको वृद्धिदर बढी हुन थालिसकेको अवस्था छ । त्यो भनेको हामी पुुरानो लयमा फर्किंदै छौँ । त्यति हुँदाहुँदै पनि असार महिनाको बैङ्कको ब्यालेन्सिटमा देखिने मुुनाफामा गत आर्थिक वर्षको जस्तो वृद्धि देखिँदैन घट्छ ।

 

डिजिटल बैङ्किङका लागि यो महामारी राम्रो अवसरको रुपमा आयो । अबको समय डिजिटल इकोनोमीकै हो । यो बढ्दै जान्छ । यसलाई मुुनाफामुखीभन्दा पनि सेवामुुखीरुपमा लैजान सक्नुुपर्यो ।

कोभिडले गर्दा मानिसहरुमा डिजिटल अर्थतन्त्रप्रति चासो बढेको छ । यसलाई बढाउन अझै के गर्नुपर्ला ?

जनताले तिर्नसक्ने सेवा शुल्क राख्यो भने डिजिटल इकोनोमी बढ्छ । कोरोना अवधिभर राष्ट्र बैङ्कले डिजिटल सेवामा शुल्क लिन नपाउने व्यवस्था गरिदिएको थियो । बैङ्कको अर्बौं रुपैयाँ लगानी छ, उसलाई मर्का पर्यो तर जनताले त्यसको व्यापक प्रयोग गरे । अब यसलाई राष्ट्र बैङ्कले अलिकति नियन्त्रित गरेर थोरै मात्र शुल्क लिन पाउने भन्यो । यसले बैङ्कलाई पनि मर्का पर्दैन, कमसेकम सञ्चालन खर्च उठ्ने भयो । जनतालाई पनि मार पर्दैन । अबको अर्थतन्त्र भनेकै डिजिटल इकोनोमी हो । अस्ति मात्रै तरकारी किन्न क्युुआर कोड प्रयोग गर्ने भनेर उद्घाटन समेत भयो । त्यो भनेको हामी फड्को मार्दै छौँ । डिजिटल बैङ्किङका लागि यो महामारी राम्रो अवसरको रुपमा आयो । अबको समय डिजिटल इकोनोमीकै हो । यो बढ्दै जान्छ । यसलाई मुुनाफामुखीभन्दा पनि सेवामुुखीरुपमा लैजान सक्नुुपर्यो । सञ्चालन खर्च मात्रै उठ्ने गरी कम शुल्कमा लैजाने हो भने डिजिटल इकोनोमीको भविष्य उज्ज्वल छ ।

मर्जर प्राथमिकता प्राप्त एजेण्डाको रुपमा अगाडि बढ्छ । युनाइटेड फाइनान्सको कुरा गर्दा मर्जरबारे तत्कालिक रुपमा हामीले केही सोचेका छैनौँ ।

मर्जरबारे युनाइटेड फाइनान्सको अवधारणा के छ ?

फाइनान्स कम्पनीहरुमध्ये युनाइटेड फाइनान्स असाध्यै बलियो फाइनान्स कम्पनी हो । त्यसमा पनि विदेशी लगानी भएको एक मात्र कम्पनी हो । मुुथुुड फाइनान्स हाम्रो विदेशी लगानीकर्ता हो । झण्डै २०.७६ प्रतिशतको सेयर होल्डिङ छ । त्यस हिसाबले तत्कालै केही अगाडि बढेको अवस्था छैन । मर्जर भनेको लगानीकर्ताहरुले सोच्ने विषय हो, व्यवस्थापनले सोच्ने विषय होइन । नेपालको बैङ्किङ इतिहासमा मर्जरको क्रम बढ्छ । यो आर्थिक वर्षमा ठूला–ठूला बैङ्कहरु पनि मर्जरमा जाने मैले देखेको छुु । मर्जर प्राथमिकता प्राप्त एजेण्डाको रुपमा अगाडि बढ्छ । युनाइटेड फाइनान्सको कुरा गर्दा मर्जरबारे तत्कालिक रुपमा हामीले केही सोचेका छैनौँ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री