शुक्रबार, ७ वैशाख २०८१

भारतीय किसान तरबार नचाउँदै लालकिल्ला प्रवेश गरेपछि प्रहरीले यसरी जोगाए ज्यान (भिडियो)

समयपोष्ट २०७७ माघ १४ गते १०:०७

Advertisement

 

भारतका किसानहरुले गणतन्त्र दिवसका अवसरमा ट्याक्टर र्याली प्रदर्शन गरे ।

कृषि सम्बन्धी तीन कानुन खारेजको माग गर्दै आन्दोलनमा उत्रिएका किसानहरुले गणतन्त्र दिवसको दिन प्रतिकात्मक रुपमा ट्याक्टर र्याली निकालेका हुन् । ।

ट्रयाक्टर प्रदर्शनमा उत्रिएका किसानहरुलाई प्रहरीले रोक्न खोज्यो । सोही क्रममा किसानहरुले प्रहरी दमनका विरुद्धमा प्रतिरोध गरे र प्रहरीको घेरा (फलामे बार) तोडेर दिल्लीस्थित लालकिल्लामा प्रवेश गरे । सिंहु सीमाबाट आएका किसानहरुले प्रहरीको घेरो तोडेर लालकिल्ला प्रवेश गरेको भिडियो अहिले सामाजिक सञ्जाल र भारतीय मिडियाहरुमा भाइरल भैरहेको छ ।

हिंसात्मक भीडले तैनाथ गरिएका प्रहरीमाथि लाठी प्रहार गरेका थिए । दर्जनौ प्रहरी घेराबारबाट तल खसेको देखिन्थो । धेरै प्रहरी र सेनाका जवानहरु समेत आफ्नो ज्यान बचाउन नजिकैको खाडलमा पसेका थिए । घटनामा कम्तिमा ४१ ज्ना प्रहरी घाइते भएका छन् । अपरान्ह २ बजे किसानहरु लालकिल्लाको मेन गेटमा घुसेका थिए ।

तोडफोड गर्दै लालकिल्ला छिरेका किसानहरुले आफ्ना झण्डाहरु गाडेका थिए । उक्त स्थानमा (लालकिल्ला) प्रत्येक वर्ष १५ अगष्टका भारतीय प्रधानमन्त्रीले झण्डा फहराउने गर्छन् । ९० मिनेटसम्म चलेको झडपपछि प्रहरीले किसानहरुमाथि लाठी चार्ज गरेर बाहिर निकालेको थियो ।

https://www.facebook.com/himbista01/videos/10223531482733488

प्रतिक्रिया

सम्बन्धित सामाग्री