यहाँ बाटो बनाउँन महिलाहरुलाई डोजरको आवश्यकतै परेन
पुसको यो कठ्याङ्ग्रिँदो जाडोको पर्वाह नगरी बाटो नभएर समस्या झेल्दै आएका कपिलवस्तुस्थित शिवराज नगरपालिका–९ विजगौरी र रमुवादहका महिलाले आफैँ श्रमदान गरेर बाटो निर्माण गरेका छन् ।
चिसोमा स्थानीय २०० भन्दा बढी महिलाको सहभागितामा दुई दिनमै शिवजुर–१ मौवाडाढादेखि शिवराज नपा–९ को सुरई खोला सिमानासम्म रमुवादह गाउँ जाने करिब दुई किलोमिटर बाटो बनाएका हुन् ।
“उनीहरुले आफ्नो गाउँसम्म पुग्ने बाटो ६ मिटर फराकिलो बाटो बनाएर माटो पटाउनुका साथै दुवैतिर नालीसमेत बनाएका छन् । घरकै खाना खाएर बिहानदेखि साँझसम्म काम गयौँ”, बाघपुराकी रोक्कामगरले भनिन् , “बाटो बन्दा आवतजावत गर्न निक्कै सहज भएको छ ।”
रमुवादहका महिलाले बिहान ७ देखि साँझ ५ बजेसम्म कुटो, कोदालो, साबेल, गैंती र झउवा चलाएर बाटो बनाएका हुन् । किशोरीदेखि गृहिणी, अर्धवँैसे र पाका महिलासम्म गैंती र कोदालो आफैँ चलाएका थिए ।
“गाउँबाट आउजाउ गर्न निक्कै दुःखकष्ट थियो”, अमृता गुरुङले भनिन्, “त्यही सम्झेर काम गरेका हौँ, कसैको मुख ताक्नुभन्दा आफैँ कसिँदा राम्रो भन्दै लागेका हौँ अब नगरपालिकाले हाम्रो उत्साह मर्न दिन हुँदैन । बजेट विनियोजन गरेर ग्राभेल पनि गर्नुपर्छ ।”
उनीहरुलाई हौस्याउन शिवराज नगपालिका–९ का अध्यक्ष चुरबहादुर खड्का दैनिक बाटो खन्न पुग्ने गर्थे । “बाटोका लागि नगरपालिकाको ध्यानाकर्षण गराइसकेको छु”, उनले भने, “थोरधेरै बजेट छुट्याउन लगाउँछु । काम गर्नेको सम्मान गर्नुपर्छ ।
” स्थानीयवासीले करिब रू चार लाख बराबरको श्रमदान गरेको उनले जानकारी दिए । बाटो नहुँदा रमवादहसम्म पुग्न उमरीदेखि करिब पाँच किमी जंगलको गोरेटो बाटो हुँदै गाउँ पुग्नुपथ्र्यो तर अब यो बाटो बनेपछि उमरीबाट तीन किमीमै गाउँ पुगिन्छ ।
बाटो निर्माण भएपछि आवतजावत गर्न निक्कै आनन्द भएको भन्दै स्थानीय हर्षित भएका छन् । महिलालाई ५० भन्दा बढी पुरुषले पनि साथ दिएका थिए ।
रासस
सम्बन्धित सामाग्री
समयबोध मिडियाद्वारा प्रकाशित
सम्पादकलेखनाथ न्यौपाने
सम्पादन संयोजन
प्रमिला बानियाँ
उप-सम्पादक
अशोक खनाल
रोशन अधिकारी (अमेरिका)
रमेश पोखरेल
बजार प्रतिनिधी
दीपक खनाल
प्रतिक्रिया