बुधबार, १२ वैशाख २०८१

यो दाजुको मिर्मिरे आँखा गीत गाएर चर्चित बनेका गायकको निधन

समयपोष्ट २०७७ माघ १२ गते ११:०७

Advertisement

यो दाजुको मिर्मिरे आँखा, बेली र चमेली, फूल माया नभुल लगायतका चर्चित गीतका गायक धनबहादुर गायकको निधन भएको छ ।

गायकको आज बिहान उपचारका क्रममा पोखराको मणिपाल शिक्षण अस्पतालमा निधन भएको हो ।

उच्च रक्तचापका कारण स्वास्थ्यमा समस्या आएपछि केही दिनदेखि गायकलाई अस्पतालको आईसीयूमा राखेर उपचार गरिदै आएको थियो ।

सारंगीको संरक्षणका लागि गायकले गन्धर्व पाठशाला सञ्चालनमा ल्याएर संगीत सिक्न चाहनेलाई नि;शुल्क संगित सिकाउने कार्य गर्दै आएका थिए । उनकै सक्रियतामा बाटुले चौरमा ‘झलकमान गन्धर्व सारङ्गी पाठशाला’ खुलेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री