शुक्रबार, १४ वैशाख २०८१

मनछुने म्युजिक भिडियो ‘आमा’

समयपोष्ट २०७७ माघ ६ गते १३:२३

पछिल्लो समय चल्तीका लोक कलाकार प्रकाश सपुतको नयाँ म्युजिक भिडियो ‘आमा’ सार्वजनिक भएको छ ।प्रकाश सपुत र हिउवाला गौतमको हृदयस्पर्षी आभिनय रहेको भिडियोमा आमा र छोराको माया, ममता, सम्बन्ध साथै उत्तरदायित्वलाई देखाउने प्रयास गरिएको छ।आरुष भुषाल भुषाल वाल्यकालको छोराको भूमिकामा रहेका छन्।

Advertisement

क्यानाडाको टोरोन्टोमा बस्ने पर्बत ठुलिपोखरीका रबिन्द्र लम्सालले गीतको शब्द रचना गरेक हुन । रवीन्द्रसंगीता नामको युटुव च्यानलबाट सार्वजनिक भएको गीतलाई सिडी विजय अधिकारीले संगीत दिएका छन भने किरण कंडेलले बाजागाजाको संयोजन गरेका छन। सिडी विजय अधिकारीको सुमधुर स्वर रहेको सो गीतको भिडियोलाई देवेन्द्र बब्लुले निर्देशन गरेका छन्। विशाल घिमिरेले कथामामा उतारेको ‘आमा’ गीतको दृश्यलाई नवराज उप्रेतीलेले क्यामरामा कैद गरेका हुन।

आमाको खुत्रुकेमा भएको पैसा लिएर उच्च शिक्षाको लागि गाँउबाट शहर पसेको छोराले आमालाई सम्झदै वाल्यकालका यादहरु सजाएको मात्रै होइन गीतको भिडियोमा असल आमाले गरेको दु:ख र संघर्षलाई समेत देखाइएको छ। आफू ठुलो हुन आमाले गरेको योगदानलाई सम्झदै ‘पानी छैन पँधेरीमा,कहाँ गाग्रो भर्छयौ आमा,झरिपर्दा अँधेरीमा एक्लै कसो गर्छयौ आमा’ भन्दै शहरमा पढेर डाक्टर भईसकेको छोराले आमाबाट पैसा सहित लिएको खुत्रुकेमा आफूले पढेर पाएको प्रमाण-पत्रको नमुना स्वरुप डाक्टरले विरामी जाच्ने यन्त्रहरू लिएर घरमा पुग्दा आमामा खुसीको सिमा नै रहदैन।

अक्सर यस्ता मार्मिक गीतहरुमा वियोगान्त कथाहरु बनाईएका हुन्छन् तर यस गीतको सकारात्मक पक्ष भनेको यसको भिडियोमा आफ्नो सफलतासँगै आमालाई नभुलेर छोरा गाउँमै आमालाई भेट्न आएको संयोगान्त कथा बुनिएको छ।

हेर्नुस भिडियो:

प्रतिक्रिया

सम्बन्धित सामाग्री