बिहीबार, १३ वैशाख २०८१

यस्तो घरमा सिफ्ट भए करिना र शैफ

समयपोष्ट २०७७ माघ ४ गते २१:५९

Advertisement

बलिउड अभिनेत्री करिना कपूर र शैफअलि खान छोरा तैमुरसंगै नयाँ घरमा सिफ्ट भएकी छिन् ।

करिनाले नयाँ घरको तस्विर सामाजिक सञ्जालमा सेयर गरेकी छिन् ।

उनको नयाँ घर उनको पुरानो घरभन्दा केही टाढा तर पुरानो घरभन्दा निकै ठूलो भएको बताइएको छ ।

इन्स्टाग्राममा राखिएको एउटा पोस्टमा उनले आफ्नो कोठाको फोटो सेयर गरेकी छिन् । ती तस्बिरमा उनको बेडको एउटा कुन, एउटा सिसाको ढोका जसमार्फत् छतमा जान सकिन्छ । टेरेसको भुइँ चेस बेर्ड जस्तो देखिन्छ र यसले रोयल लुक देखाउँछ । यस्तै केही फ्रेममा करिना कपुर, सैफ अली खान र उनका छोरा तैमुरको तस्बिर पनि छ ।

फोटो सेयर गर्दै उनले लेखेकी छिन्, ‘एउटा नयाँ सुरुवाततर्फ !’ यसमा करिना कपुरका फलोअर्सले उनलाई बधाई तथा शुभकामना पनि दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री