मोटरसाईकलको ठक्करबाट पैदल यात्रुको मृत्यु

काठमाडौँको नयाँ बसपार्कस्थित ब्याट्री कारखाना अगाडि मोटरसाइकलको ठक्करबाट गए राति लमजुङ पुरानोकोटका २६ वर्षीय प्रेमबहादुर गुरुङको मृत्यु भएको छ ।

राति ११ः३० बजे बालाजुबाट वनस्थलीतर्फ जाँदै गरेको बा ८४ प ६०१५ नंको मोटरसाइकलले गुरुङलाई ठक्कर दिएपछि गम्भीर घाइते भएकामा पिपल्स अस्पतालमा उपचारका क्रममा राति २ बजे निधन भएको हो ।

Advertisement

दुर्घटनापछि फरार रहेका मोटरसाइकल चालकको खोजी भइरहेको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ ।

रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री