बिहीबार, १५ चैत २०८०

मलेसियामा नेपालीका २६ शव, नेपाल ल्याउन सरकारले गरेन पहल

समयपोष्ट २०७७ पुष २७ गते १५:३१

Advertisement

प्रमिला बानियाँ

तीन बर्ष अघि वैदेशिक रोजगारीको शिलशिलामा मलेसिया पुगेका सर्लाहीका प्रदिप साहको हृदयघातका कारण पौष ४ गते निधन भयो । कविलास नगरपालिका वडा नं १० सलेमपुरका साह मलेशियाको एक्सिस सुपर फोर्स कम्पनीमा सुरक्षा गार्डका रुपमा कार्यरत थिए । आर्थिक रुपमा अतिनै विपन्न उनको परिवारमा चार बर्षकी एक छोरी, ६ बर्षका एक छोरा, श्रीमती र आमा बुवा छन् । घर परिवार धान्ने एक मात्र छोराको वैदेशिक रोजगारीका क्रममा विदेशमै निधन भएपछि हाल उनको परिवारमा ठूलो बर्जपात परेको छ ।

साहको परिवारको पिडा यतिमा मात्र सिमित छैन । साहकोे मृत्यु भएको एक महिना बित्नै लाग्दा समेत परिवारले मलेसियबाट उनको शव ल्याउन पाएको छैन ।

मलेशियामा मात्रै हाल २६ शव रोकिएको छ । मलेशियामा रहेको नेपाली राजदूतावासले आफुले पुरा गर्नुपर्ने सम्पुर्ण प्रक्रिया पुरा गरेको तर नेपाल सरकारले यसमा पहल नगरेको जनाएको छ । नेपालमा सम्बन्धित निकायहरु एकले अर्कोलाई दोष थोपरेर बसेका छन् ।

हामी आफैले निर्णय गरेर शव ल्याउने अवस्था छैन

डम्बर सुनुवार, उपसचिव– बैदेशिक रोजगार बोर्ड

न्यारोबडीले शव ल्याईहाल्यो भने एक वा दुई वटा मात्र शव लिएर आउँछ । हामीले सम्बन्धित निकायसंग वाईडबडीको उडानको ब्यवस्थापन गरिदिनुुपर्यो भनेर अनुरोध गरिरहेका छौ । नियोगले पनि श्रम रोजगार मन्त्रालय, परराष्ट्र मन्त्रालयलाई र नागरिक उड्यन मन्त्रालयलाई पत्राचार गर्यो । अहिले वाइडबडी नजाँदा विदेशमा रहेका शवहरु नेपाल ल्याउन सकिएको अवस्था छैन । हामीले निरन्तर रुपमा समन्वय र सम्पर्क गरिरहेका छौ । वैदेशिक रोजगार बोर्डको सचिवालय आफैले निर्णय गरेर वाइडबडीको उडान भर्ने र शव नेपाल ल्याउने अवस्था छैन । हामीले सम्बन्धित मन्त्रालयका महाशाखा प्रमुुखहरुसंग कुरा राखिरहेका छौ । मलेशियामा अहिले शवहरु रोकिएको भन्ने खबर त्यहाँका दुतावासबाट हामीलाई आईरहेको छ । वाइडबडीको उडान नभएकै कारण शव ल्याउन नसकिएको भन्ने हामीले जानकारी पाएका छौ । केही समय अघिको सिसिएमसिको सचिवालयको बैठकमा हामीले यी कुरा राखेका थियौँ । त्यहा परराष्ट्रमन्त्रालयका सहसचिव, नागरिका उड्यन मन्त्रालयका सहसचिवहरु पनि उपस्थित हुनुुहुन्थ्यो । उहाँहरुले त्यसको ब्यवस्थापन गछौँ भन्ने कुरा राख्नुुभएको थियो । मलेशियामा रहेका शव नेपाल ल्याउन के गर्न सकिन्छ भन्ने विषयमा बुझ्न म आफै आजै मन्त्रालयमा जाँदै छुु ।

शव ल्याउन अप्ठेरो परेको भन्ने जानकारी हामीलाई छैन

मोहन बहादुर जिसि, प्रवक्ता–संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय

बैदेशिक रोजगारीका क्रममा विदेशमा मृत्युु भएका नेपालीको शव ल्याउन अप्ठेरो परेको भन्ने जानकारी हामीलाई छैन । जहाँसम्म शव लिएर आउन विमान पठाउने कुरामा मन्त्रालयले पहल गरेन भन्ने विषय छ त्यो हाम्रो कार्यक्षेत्र भित्र पर्दैन ।

नेपाल एयरलाइन्सले खर्च उठ्दैन भन्ने जवाफ दियो

जंगबहादुर गुरुङ, निर्देशक– कन्सुुलर सेवा विभाग

अरु न्यारोबडी भएको कारण अन्य एयरलाईन्सले शव बोक्न मान्दैन । नेपाल एयरलाइन्सको पनि न्यारोबडी मात्रै जान्छ । मलेशियन एम्बेसीले वाईडबडीको ब्यवस्था गरिदिनुु भनेर परराष्ट्र मन्त्रालयलाई चिठ्ठी काटिसकेको छ । परराष्ट्रले पर्यटन मन्त्रालयलाई चिठ्ठी काटिसकेको छ । यो बिषयमा नेपाल एयरलायन्सलाई पर्यटन मन्त्रालयले भनिदिनुुपर्छ । नेपाल एयरलाइन्सले पेसेन्जर हुँदैन शव लिनको लागि मात्र प्लेन पठाउँन सक्दैनौ, खर्च उठ्दैन भन्ने जवाफ दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री