बिहीबार, १३ वैशाख २०८१

चन्द्रागिरि हिल्सको आइपिओ खुल्यो

समयपोष्ट २०७७ पुष २४ गते १०:०७

Advertisement

चन्द्रागिरि हिल्स लिमिटेडले सर्वसाधारणका लागि आजबाट साधारण सेयर जारी गरेको छ ।

कम्पनीले कुल १५ लाख ३४ हजार ९१ कित्ता सेयर जारी गर्न लागेको हो। यसमध्ये ६१ हजार ३६४ कित्ता अर्थात ४ प्रतिशत आफ्ना कर्मचारीलाई दिने छ। ७६ हजार ७०५ कित्ता अर्थात ५ प्रतिशत सामूहिक लगानी कोषहरुलाई दिने छ।

बाँकी रहेको १३ लाख ९६ हजार २२ कित्ता सेयरमा मात्र सर्वसाधारणले दाबी गर्न पाउने छन्। सेयरको अंकित मूल्य १०० रुपैयाँ छ। कम्पनीको सेयरमा न्यूनतम १० कित्ता र अधिकतम १३ हजार ९६० कित्ता सम्मका लागि आवेदन दिन सकिन्छ। आवेदन पुस २८ गतेसम्म दिइसक्नु पर्छ।

कम्पनीले गत मंसिर १७ गतेबाट आयोजना प्रभावित सर्वसाधारणलाई सेयर जारी गरेको थियो। त्यो सेयर पूरै बिक्री भएपछि कम्पनीले सर्वसाधारणलाई पनि सेयर दिन लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री