शुक्रबार, १६ चैत २०८०

प्राइम लाइफद्धारा ४ दिनमा बीमाको रकम भुक्तानी

समयपोष्ट २०७७ पुष २२ गते १९:०५

Advertisement

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लि. ले जीवन बीमा बापतको रकम ४ दिनमा भुक्तानी गरेको छ ।

कम्पनीले अर्घाखाँची जिल्ला सितगंगा नगरपालिका–२ सितापुर स्थायी घर भई सन्धिखर्क न.पा. १, मा इलेक्ट्रोनिक्स व्यवसाय गर्दै आएका स्वर्गीय प्रेम वहादुर क्षेत्रीको परिवारलाई जीवन बीमा बापतको मृत्यु दाबी भुक्तानी रकम कागजात पुरा भएको ४ दिनमा हस्तान्तरण गरेको हो ।

कोरोना संक्रमणका कारण युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचारकै क्रममा मंसीर ३ गते मृत्यु भए पश्चात निजकी श्रीमती केसरा क्षेत्रीले मंसीर २४ गते कम्पनीमा निवेदन दिएकी थिईन र आबश्यक सम्पुर्ण कागजात पौष १६ गते पुरा गरेकी थिइन ।

उनले प्राइमलाइफ इन्स्योरेन्स कम्पनीमा रु. २,०१,०००.०० (दुई लाख एक हजार मात्र) को बीमा गरेका थिए । कम्पनीका अनुसार उनले कम्पनीमा ३ किस्ता बापत रु.४९,००० मात्र बुझाएका थिए । उनको मृत्यु पश्चात मृत्यु दाबी भुक्तानी वापतको रकम रु. २,३७,९८४.०० (दुई लाख सैतीस हजार नौ सय चौरासी रुपैया) मध्ये निजको यस वर्षको किस्ता रकम भुक्तानी नगरेकोले सो बापतको रकम रु. १६,३५२.०० कट्टा गरी बाँकी रकम रु. २,२१,६३२.०० (दुई लाख एक्काईस हजार छ सय वत्तीस रुपैया मात्र) कम्पनीले मृतककी श्रीमती केसरा क्षेत्रीको वैंक खाताका पौष २० गते सिधै भुक्तानी गरेको कम्पनीको अर्घाखाँची कार्यालयका प्रमुख नारायण घिमिरेले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख घिमिरेले हामी ग्राहक मैत्री छौ उत्कृष्ठ जीवन बीमा सेवालाई शिरोधार्य गर्दै ग्राहकलाई जीवन बीमा सेवामा खुसी र सन्तुष्टि दिनु प्रमुख दायित्व रहेको बताउनुभयो ।

प्रमुख घिमिरेले प्राइम लाइफ इन्स्योरेन्सले छिटो, छरितो, सरल, सहज र उत्कृष्ठ बीमा सेवा प्रदान गर्ने समेत जानकारी दिनुभयो । प्रमुख घिमिरेले दावीकर्ताले कम्पनीमा आबश्यक कागजात पुरा उपलब्ध गराएमा बीमा कम्पनिहरुले सहजै भुक्तानी गर्ने

बताउनुभएको थियो । उक्त कार्यक्रममा दावी भुक्तानी प्राप्त गरेकी क्षेत्रीले अन्य कम्पनीहरुमा पनि बिमा उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री