यौन हिंसाको उजुरपछि एसएसपी राणा निलम्बित

नेपाल प्रहरीका बरिष्ठ उपरीक्षक शौरभ शमशेर राणालाई निलम्बित गरिएको छ । गृह मन्त्रालयले शुक्रबार राणालाई निलम्बन गरेको हो ।

Advertisement

उनी संघीय प्रहरी इकाई कार्यालय धरानमा कार्यरत थिए । यौन हिंसाको उजुरी परेपछि उनी विवादमा तानिएका थिए ।

यौन हिंसा गरेको उजुरी परेपछि एसएसपी राणालाई बहालमै राखेर अनुसन्धान गर्दा प्रमाण लोप हुनसक्ने भन्दै अनुसन्धानका लागि निलम्बन गरिएको प्रहरी हेडक्वार्टरले जनाएको छ ।
एसएसपी राणाविरुद्ध झापाकी एकजना विवाहित महिलाले उजुरी दिएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री