शनिबार, ५ जेठ २०८१

ग्रामी अवार्डमा जाँदा लगाएको कपडाबारे आलोजित भएपछि प्रियंकले ट्रोलर्सलाई दिईन् यस्तो जवाफ

समयपोष्ट २०७६ माघ १७ गते ९:५५

Advertisement

 

पहिरनका कारण केही दिन अघि बलिउड नायिका प्रियंका चोपडा निकै आलोचित बनिन् ।

ग्रामी अवार्डमा सहभागी हुँदा उनले लगाएको पहिरनमा  प्रश्न उठाउँदै ट्रोल फ्यानले गरे । अब प्रियंकाले इन्स्टाग्राममा एक पोस्ट गर्दै ट्रोलर्सलाई जवाफ दिएकी छिन् ।

प्रियंकाले लेखेकी छिन् ‘म सोचिरहेकी थिएँ कि यो वर्षको सुरुवात कति रोमाञ्चक रह्यो र अहिले त केवल जनवरी महिना मात्रै बितेको छ । जोसँग तपाइँ प्रेम गर्नुहुन्छ उनीहरुलाई धेरै माया गर्नुस् । तपाइँ जस्तो जिन्दगी जिउन चाहनुहुन्छ त्यतै जिउनुस् । यो समय संसारमा सबै समस्याको साथमा आफ्नो र आफ्नो आसपास सबैको लागि दयालु रहनुहोस् ।’

Advertisement

प्रियंकाले अगाडि लेखेकी छिन् ‘मैले तपाइँहरुबाट जुन माया पाएँ त्यसको लागि आभारी छु । र, जब माया पाउँदिन त्यसको लागि पनि आभारी रहनेछु । आसपासका व्यक्तिहरुको लागि दयालु र विनम्र बन्नुहोस् । यो निकै जरुरी छ । यो जिन्दगी एक अनमोल उपहार हो ।’

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री