शनिबार, ५ जेठ २०८१

यी नेपाली चेलिको भारतमा भयो यस्तो चर्चा

समयपोष्ट २०७६ माघ १६ गते १६:२१

Advertisement

नेपाली फिल्म ‘कृ’मा अनमोल केसीको जोडीको रुपमा डेब्यू गरेकी अदिती बुढाथोकी बलिउडमा चम्किन थालेकी छन् ।

 

भारतका चर्चित मिडियाहरुले उनको हट फोटो सुट र अभिनयलाई तारिफ गर्दै सामाग्रीहरु प्रकाशित गरिरहेका छन् ।

Advertisement

कतिपय मिडियाले उनलाई सनी लियोनीसँग तुलना गरेका छन् ।

केही समय अघि ‘एबिपी न्युज’ अनलाइनले उनको नाम सन्नी लियोनीसँग जोड्दै चर्चा गरेको थियो ।

एबिपीले ‘सन्नी लियोनी जस्तो बोल्ड हिरोइनलाई पनि माथ दिदै नेपाली हिरोइन’ भन्ने शीर्षकमा समाचार नै लेखेको थियो ।

पन्जावबाट मोडलिङ र म्युजिक भिडियोमा आफूलाई स्थापित गरेकी अदितीको करिब ६० वटा तस्वीर टाइम्स अफ इन्डियाले पनि सार्वजनिक गरेको छ ।

उनले इन्स्ट्राग्राममा पोष्ट गरेका कतिपय तस्वीरहरु भाइरल भइरहेका छन् ।

टाइम्स अफ इन्डियाले आफ्नो अनलाइनको फोटो ग्यालरीमा राखेका तस्वीरहरु पनि ट्रेन्डिङमा देखाएको छ ।

झापाको दमकमा जन्मिएकी अदिती फेसन डिजाईनर पुष्पा बुढाथोकीकी छोरी हुन ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री