शनिबार, ५ जेठ २०८१

मिसेज व्यूटी क्विन ठकुरी फष्ट नेपाल फाउण्डेशनको व्राण्ड एम्वासडर घोषित

समयपोष्ट २०७६ माघ १२ गते १७:३५

Advertisement

‘मिसेज व्यूटी क्विन २०२०’ नेपालकी बिजेता सन्तोषी शाही ठकुरी ‘फष्ट नेपाल फाउण्डेशन’को एक व्राण्ड एम्वासडर घोषित भएकी छन् । शनिबार साँझ एक कार्यक्रमका बीच ‘फष्ट नेपाल फाउण्डेशन’ले उनलाई व्राण्ड एम्वासडर घोषणा गरी सम्मान गरेको हो ।

सिजन मिडियाद्वारा हालै राजधानीमा आयोजित ‘मिसेज व्यूटी क्विन २०२०’ की सन्तोषीले ‘फष्ट नेपाल फाउण्डेशन’ को ब्राण्ड एम्बासडर घोषणा भएपछि वैदैशिक रोजगारीको सिलसिलामा दु:ख पाएका, दुर्घटनामा परेका नेपालीहरुको सहयोगको लागि गर्ने बताइन् ।

‘समाजसेवा मेरो रुचिको विषय हो’ सन्तोषीले भनिन्, ‘यस संस्थामा रहेर दुःखीहरुको सेवामा दिनरात लाग्नेछु ।’ सन्तोषीले मानिसलाई अगाडि बढ्न सौदर्य प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै विवाहित महिलाहरुलाई चुलो चौकोमा अझिएर मात्र नरहन सुझाएकी थिइन् ।

‘फष्ट नेपाल फाउण्डेशन’ का अध्यक्ष प्रदीपराज वन्तले संस्थालाई सेवामुलक रुपमा अगाडि बढाउने बताए । उनले संस्थामा सिजन मिडियाबाट आयोजना हुने सम्पूर्ण प्रतियोगिताका विजेता तथा सहभागीहरुलाई परिचालन गरेर सर्वसाधारणको सेवा गर्ने जानकारी दिए ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री