
भारतको ७१ औं गणतन्त्र दिवस काठमाडौंमा पनि मनाईएको छ ।
गणतन्त्र दिवसका अवसरमा नेपालस्थित भारतीय राजदूतावासले दूतावासभित्रै गरेको कार्यक्रममा नेपालका लागि भारतीय राजदूतावासका कार्यवाहक राजदूत डा. अजय कुमारले भारतको झण्डा फहराई भारतका राष्ट्रपति रामनाथ कोविन्दले गणतन्त्र दिवसका अवसरमा दिएको सन्देश पढेर सुनाए ।

भारत सरकारले नेपालका विभिन्न जिल्लाका अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई एम्बुलेन्स र बस उपहार प्रदान गरेको छ । त्यसैगरी विभिन्न पुस्तकालयलाई पुस्तकसमेत प्रदान गरेको छ ।

कार्यक्रममा भारतीय सेनाका भूपू सैनिकका विधवा तथा शारीरिक रुपले अशक्त भूपू सैनिकलाई आर्थिक सहयोगसमेत गरिएको थियो ।





























प्रतिक्रिया