शनिबार, ५ जेठ २०८१

अर्की टेलिभिजन अभिनेत्रीले गरिन् आत्महत्या

समयपोष्ट २०७६ माघ ११ गते २०:०४

Advertisement

भारतीय टेलिभिजन कलाकार कुशल पन्जाबीले आत्महत्या गरेको केही समयपछि फेरी अर्की टेलिभिजन कलाकारले आत्महत्या गरेकी छिन् ।

टेलिभिजन अभिनेत्री सेजल शर्माले शुक्रबार आत्महत्या गरेकी हुन् । प्रहरीले उनको घरमा सुसाईड नोट समेत फेला पारेको छ। जसमा नीजि कारणले आत्महत्या गरेको बताईएको जनाईएको छ। ।सेजल शर्मा स्टार प्लसको सिरियल ‘दिल तो ह्याप्पी हे जी’मा अन्तिम पटक देखिएकी थिइन् ।

सिरियालमा सेजलले सिम्मी खोसलाको भूमिका निभाएकी थिइन्, जो मुख्य पात्रको बहिनीको भूमिका हो ।

सेजलले सिरियल अघि भीवो मोबाइल र उषा पंखाजस्ता ब्राण्डका विज्ञापनमा अभिनय गरिसकेकी छन् । भीवोका विज्ञापनमा उनी आमिर खानसँग देखिइएकी थिइन् भने उषा पंखाको विज्ञापनमा उनी किक्रेटर रोहित शर्मा र हार्दिक पाण्डेसँग देखिएकी थिइन् ।

Advertisement

यस अतिरिक्त सेजल शर्मा ‘आजाद परिन्दे’ नामक वेब सिरिजमा पनि काम गरिसकेकी छन् । उनले पहिलो पटक मोटोरोलाको विज्ञापनमा काम गरेर यस क्षेत्रमा प्रवेश गरेकी थिइन् । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री