शुक्रबार, १४ वैशाख २०८१

पूजा गर्ने क्रममा माटो ढिस्कोले पुरिँदा तीन घाइते

समयपोष्ट २०७६ माघ ११ गते १६:३३

Advertisement

कालीगण्डकी नदीको किनारामा पूजा गर्ने क्रममा माटो ढिस्कोले पुरिँदा तीनजना घाइते भएका छन् ।

तानसेन नगरपालिका–१४ ऋषिकेश मन्दिरदेखि तल कालीगण्डकी नदीमा स्नान गरी पूजा गर्ने क्रममा माथिबाट खसेको माटोको ढिस्कोले पुरिँदा तीनजना महिला घाइते भएका हुन् । घाइते हुनेमा कपिलवस्तु बाणगङ्गा नगरपालिका–९ का ७१ वर्षीय गोमा आचार्य, कपिलवस्तुकै विजयनगर नगरपालिका–४ का ५६ वर्षीय केशरदेवी खत्री र रुपन्देही जिल्लाको बुटबल उपमहानगरपालिका–११ देवीनगरकी ४० वर्षीया बिमला पौडेल रहेको प्रहरी चौकी अर्गलीका प्रहरी सहायक निरीक्षक धर्मबहादुर घर्तीले बताउनुभयो । घाइतेको अहिले तानसेनस्थित युनाइटेड मिशन अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री