गाईको टाउको, खुकुरी र अचानोसहित दुई जना पक्राउ

सुनसरीमा गाई काटेको आरोपमा दुई जना पक्राउ परेका छन्।

Advertisement

सुनसरी हरिनगरा गाउँपालिका–२ भुटाहा बस्ने ४५ वर्षीय सदुल अन्सारी र हरिनगरा–४ का ४२ वर्षीय लुकमान अन्सारीलाई प्रहरीले पक्राउ गरेको हो ।

शुक्रबार बिहान सदुल अन्सारीको घरमा गाई काटेको खबर पाएपछि जिल्ला प्रहरी कार्यालय सुनसरीबाट टोली गएको थियो। घरबाट गाईको टाउको, खुकुरी र अचानोसहित दुवै जनालाई नियन्त्रणमा लिएको सुनसरी प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री