शुक्रबार, १४ वैशाख २०८१

के होला त अभिषेकको सरप्राईज ?

समयपोष्ट २०७६ माघ १० गते १०:२७

Advertisement

बलिउड अभिनेता अभिषेक बच्चन सामाजिक सञ्जालमा सक्रिय रहन्छन् ।

फ्यानलाई उनले अपडेट दिइरहेका हुन्छन् । हालै उनले ट्वीटरमा लेखे, ‘साथी हो, तपाईं सबैका लागि एक सरप्राइज छ, जोडिँदै गर्नुस् ।’

अभिषेकले यो पोस्ट गरेपछि उनका फ्यानले सरप्राइज जान्नका लागि कमेन्ट गरेका छन् । धेरैले अभिषेक पुन: बुबा बन्न लागेको अड्कल काटेका छन् ।

अभिषेकले के शेयर गर्न लागेका हुन् भन्ने अहिले कसैलाई थाहा छैन । उनले कुनै फिल्मको घोषणा पनि गर्न लागेका हुनसक्ने कतिपयको अनुमान छ ।
एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री