कारागारका कैदीहरुको स्वास्थ परिक्षण 

अशोक खनाल

Advertisement

पाँचौ राष्टिय योग दिवसको अवसर पारेर अर्घाखाँची आर्युवेद स्वास्थ केन्द्र सन्धीखर्कले कारागार कार्यलय सन्धीखर्कमा रहेका ५३ पुरुष र ३ महिला गरि ५६ जना कैदीहरुलाई निस्शुल्क स्वास्थ परिक्षण तथा औषधि बितरण गरेको छ।

प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेल, प्रहरी नायब उपरीक्षक प्रकाश बिस्ट, कारागार प्रमुख कृष्ण प्रसाद आचार्य, आर्युबेद स्वास्थ केन्द्रका प्रमुख डा अर्जुन शर्मा, कबिराज कमल प्रसाद आचार्य, बैध काशिराम पन्थी, पत्रकार महासंघका जिल्ला अध्यक्ष हिम जिसि लगायतको उपस्थिति रहेको सिबिरमा  मन्तव्य राख्दै प्रमुख जिल्ला अधिकारी पौडेलले मानिसले कहिले काहीँ जानी जानी वा अन्जानमा पनि गल्ती गर्छ तर गल्ती गरि रहने मान्छेहरु बाहिर रहि रहने तर गल्ती नगरेका मान्छेहरु पनि कारागारमा बस्नु पर्ने हुँदा आ आफ्नो वास्तविक सजाएको भागिदार बन्दै सबैमा धैर्य रहन अपिल गरे ।

उनले यस्ता शिबिरहरु बेला बेलामा सन्चालन गर्न पहल गरिने भन्दै कारागारमा भौतिक तथा आवासको समस्या रहेको सुधार गरिने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री