
मकवानपुरको थाहा नगरपालिका-४, दामनस्थित एभरेस्ट पानोरमा रिसोर्टमा ८ भारतीय पर्यटक बेहोस अवस्थामा भेटिएका छन् ।
मंगलबार बिहान बेहोस अवस्थामा भेटिएका ४ पुरुष र ४ महिला पर्यटकलाई हेलिकाेप्टरबाट काठमाडौं ल्याइएको छ । उनीहरुको ह्याम्स अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
नेपाल घुम्न भारतको केरलाबाट १५ जनाको समूह नेपाल आएका थिए । तीमध्ये ८ जना एउटै कोठामा सुतेका थिए । ग्यास हिटर बालेर सुतेका कारण उनीहरू बेहोस भएको हुनसक्ने प्रहरीको आशंका छ ।









प्रतिक्रिया