आइतबार, ३० वैशाख २०८१

जन्मियो ‘प्लास्टिक बेबी’

समयपोष्ट २०७६ माघ ५ गते १४:५४

Advertisement

भारतको पञ्जाबमा प्लास्टिक जस्तो शरीर भएकी बच्ची जन्मिएकी छिन् । जब यस्तो शरीर देखेपछि उनका अभिभावकले उनलाई अस्पताल लगे चिकित्सकहरु पनि तीन छक्क परेका थिए ।

यी बच्चीलाई विचित्रको रोग लागेको डाक्टरहरुले बताएका छन् ।

प्लास्टिक जस्तो शरीर भएकी बच्ची मानिसहरुको आर्कषणको केन्द्र भएकी छिन् । कसैले यी बच्चीलाई छोएमा रुने गर्छिन । माछाको जस्तो मुहार भएकी बच्चीको मुख प्लास्टिकको जस्तो चम्केको देखिन्छ । यी बच्चीले दुध पिउन सक्दिनन् । अन्य पनि खाँदिनन् ।

यी प्लास्टिक बेबीको उपचार गराइरहेका डाक्टरहरुले कोलोडिओन बेबी भनेका छन् । यी बच्चीको छालालाई शरीरबाट प्रत्येक तीन–चार हप्तामा निकाल्ने गरिएको छ । यसक्रममा शरीरको छाला फाट्ने हुनाले उनलाई दुख्ने गर्छ ।

Advertisement

डाक्टरहरुले यस्तो कोलोडिओन भएका बिरामीहरु थोरै मात्र उपचारमा आएको बताएका थिए । उनको अनुसार ६ लाख नवजात शिशुमा कोही एकलाई हुने गरेको पाइएको छ ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री