आइतबार, ६ जेठ २०८१

गायिका राउत विरुद्ध मुद्दा दर्ता, पक्राउ गर्ने तयारी

समयपोष्ट २०७६ माघ ५ गते १२:५१

Advertisement

गायिका आस्था राउतविरुद्ध प्रहरीले अभद्र व्यवहारमा मुद्दा दर्ता गरेको छ । प्रहरीलाई जथाभावी गालीगलौज गरेको आरोपमा राउतविरुद्ध पीडित भनिएकी महिला प्रहरीले अभद्र व्यवहार उजुरी दिएपछि मुद्दा दर्ता गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

रायतमाथि बुधबार त्रिभुवन विमानस्थलमा सुरक्षा चेकजाँचको क्रममा राउतले महिला प्रहरीमाथि दुर्व्यवहार गरेको आरोप छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार जिल्ला प्रशासन कार्यालयबाट गायिका राउतविरुद्ध पक्राउ पुर्जी जारी हुनेछ । पुर्जी जारी भएलगत्तै राउतलाई पक्राउ गरिने प्रहरीले जनाएको छ।

बुधबार काठमाडौंबाट भद्रपुर विमानस्थल जाने क्रममा महिला प्रहरीले आफूलाई दुर्व्यवहार गरेको भन्दै गायिका राउतले फेसबुक लाइभमार्फत प्रहरीलाई गाली गरेकी थिइन् ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री