
वित्तीय क्षेत्रलाई समस्यामा पार्नेलगायत आरोप लागेपछि निलम्बनमा परेका नेपाल राष्ट्र बैङ्कको डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई सरकारले सफाइ दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले श्रेष्ठमाथि लागेको आरोपका विषयमा छानबिन गर्दा कुनै ठोस प्रमाण नभेटिएपछ उहाँलाई सफाइ दिइएको प्रष्ट पार्नुभयो ।
“श्रेष्ठका बारेमा छानबिन भएको हो, छनबिनमा कुनै त्यस्तो प्रमाण नभेटिएपछि सफाइ पाएको अवस्था हो”, उहाँले भन्नुभयो, “केही पनि प्रमाण फेला नपरीकन कारबाही गर्नै पर्छ भनेर हुँदैन, छानबिन भएको हो, केही फेला परेन ।”









प्रतिक्रिया