आइतबार, ३० वैशाख २०८१

कुन रक्तसमूहका मानिलाई लामखुट्टेले बढी टोक्छ ?

समयपोष्ट २०७६ माघ २ गते ११:४२

Advertisement

एक अनुसन्धानले बल्ड ग्रुप “ओ” भएका मानिसहरुलाई लामखुट्टेले बढी टोक्ने पत्ता लगाएको छ ।

रगतमा प्रोटिन हुन्छ । ‘ओ’ रक्तसमूहमा धेरै हुनाले उक्त समुहलाई बढी नै टोक्ने गरेको वैज्ञानिकहरुले बताएका छन् । अन्य रक्तसमुहको मानिसलाई सामान्य रुपमा लामखुट्टेले टोक्न सक्छ भने यसको तुलनामा ‘ओ’ रक्तसमूहको मानिसलाई दोब्बर टोक्ने जनाइएको छ ।

यस्तै पसिना धेरै आउने व्यक्तिमा पनि लामखुट्टेले धेरै टोक्न सक्छ । पसिनामा लैक्टिक एसिड, युरिक एसिड, अमोनिया जस्ता तत्व हुनाले यीनीहरु धेरै आकर्षित भई टोक्न सक्छन् ।

रातो, निलो, प्याजी र कालो रंग लामखुट्टेले पहिचान गर्न सक्ने भएकाले यी रंगको कपडा लगाएका मानिसलाई पनि धेरै टोक्ने गरेको हुन्छ । बीयरमा इथेनाँल धेरै पाइने हुनाले, इथेनाँल लामखुट्टे मन पर्ने हुनाले बीयर पिउनेलाई पनि धेरै टोक्ने जनाइन्छ । एजेन्सी

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री