शुक्रबार, ७ वैशाख २०८१

बेहुलीले मण्डपमै गरिन् बेहुलाको आइक्यु टेष्ट, फेल भएपछि विवाह क्यान्सल

समयपोष्ट २०७६ पुष २७ गते १६:१७

Advertisement

विवाह मण्डपमा बेहुलीले बेहुलालाई सोधेको प्रश्नको उत्तर दिन नसक्दा विवाह तोडिएको छ । घटना भारतको हो । खुशबु सक्सेना र ओमवीर सिंहबीच विवाह हुदै थियो ।

विवाहमा पण्डितले मन्त्र पढिरहेका बेला बेहुलाले प्रष्टसंग उच्चारण गरेका थिएनन् । त्यो देखेर बेहुलीले गणितको सामान्य प्रश्न सोधेकी थिइन् । खुसबुले शंका लागेर मोबाइलमा आफ्नो नम्बर थिच्न लगाएकी थिइन् । तर आफ्नो मोवाईल नम्बर पनि थिच्न सकेनन् ।

यो देखेर खुशबुले ओमवीरको परिवारसँग सल्लाह गरिन् । उनले क्रमैसंग परिक्षा लिइन् । पहिलो सिक्का जोड्न लगाइन् तर उनले जोड्न सकेनन् । दोश्रो पटक टच स्क्रिन फोन दिइन् तर उक्त फोन देखेर ओमवीर निकै आत्तिए । यो सबै देखेर बेहु्लीले आफ्नो विवाह तोडेकी हुन् ।

केटा पक्षले केटी पक्षलाई सम्झाउन खोजेपनि बेहुलीले नै इन्कार गरेका कारण जन्तीहरु फिर्ता गएका थिए ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री