
शुक्रबार बिहान गरिएका दिलिप कुमार महतोलाई क्रसर उद्योगीहरुले फलामको रडले घोचेर घाइते बनाई उनको शरीरमाथि टिपर चलाएको खुलेको छ ।
घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय धनुषाले शनिबार राति ९ बजे पत्रकार सम्मेलन गरी दिलिपको दाहिने कोखामा चार जना मिलेर फलामको लिभरले घोचेर खोलामा सुताई ना.७ ख ६४१३ नम्बरको टिपरले किचेर हत्या गरिएकोे जानकारी दिएको छ ।
धनुषाका प्रहरी प्रमुख एसपी रमेश कुमार बस्नेतका अनुसार खोलामा टिपरले बालुवा गिट्टी चोरी गरी लगिरहेको थाहा पाएपछि ओमप्रकाश भनिने दिलिप टिपर समात्न गएका थिए ।

त्यही क्रममा क्रसर उद्योगी सोही ठाउँका २७ वर्षीय विपिन महतो, महोत्तरीको बर्दिवास नगरपालिका ९ बस्ने ना.७ ख ६४१३ नम्बरका टिपर चालक ३४ वर्षीय मुनिन्द्र महतो, बर्दिवासकै वडा नम्बर २ निवासी लोडर चालक २४ वर्षीय जितेन्द्र कुमार महतो र धनुषाको मिथिला नगरपालिका ५ बस्ने २७ वर्षीय रोशन यादवले उनको हत्या गरेको प्रहरी प्रमुख बस्नेतले बताए ।
पत्रकार सम्मेलनमा यी चारै जनालाई प्रहरीले सार्वजनिक पनि गरेको छ । ‘यी चारै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेका छौं,’ धनुषाका प्रहरी प्रमुख बस्नेतले भने ।
धनुषाको मिथिला नगरपालिका ५ श्रीनगरका २४ वर्षीय दिलिप महतोको शुक्रबार बिहान ४ बजे झिसमिसेमै टिपर चलाएर हत्या गरिएको थियो ।
दिलिप महतोले अवैध रुपमा खोला तथा नदीमा क्रसर उद्योगीले गर्दै आएको दोहनको विरोध गर्दै आएका थिए ।










प्रतिक्रिया