दोधारा चाँदनीमा सनराइज बैंकको शाखा

सनराइज बैंकले देशका विभिन्न स्थानमा शाखा विस्तार गर्दै जाने क्रममा यही पुस २१मा सुदुरपश्चिम प्रदेश कञ्चनपुर जिल्ला स्थित दोधारा चाँदनीमा १३० औं शाखा विस्तार गरेको छ ।

Advertisement

सोमबार आयोजित उद्घाटन समारोहमा महाकाली नगरपालिकाका मेयर वीर बहादुर सुनार र बैंकका नायव महाप्रबन्धक अपछ कुमार यादवले उद्घाटन गरे । उक्त कार्यक्रममा बैंकका अन्य पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।

सोही कार्यक्रममा बैंकका नायव महाप्रबन्धक अपछ कुमार यादवले बैंकिङ्ग प्रणालीमा सबैको पहुँच पुर्याउनका लागि बैंकिङ्ग प्रक्रियालाई सरल र सहज बनाउन आवश्यक रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री