
नौ दिन अघि आत्महत्या गरेका टेलिभिजन कलाकार कुशल पंजाबीकी श्रीमती आन्द्रे डोल्हनले कुशललाई एक लापरवाह पिता र सम्बन्ध निभाउन असफल बताएकी छिन् ।
एक अन्तर्वार्तामा उनले कुशललाई शंघाइमा सँगै बस्न आग्रह गरेको तर नमानेको बताईन् । उनले कुशलको खर्च सबै आफैंले व्यवहोरेको पनि बताइन् ।
एक अन्तर्वार्तामा उनले भनेकी छिन्, ‘मलाई थाहा छैन कि यसका लागि मलाई किन आरोप लगाइँदैछ ।’
उनले कुशल आफ्नो परिवारको विषयमा सिरियस नभएको पनि आरोप लगाइन् । अन्तर्वार्ताको क्रममा उनले भनिन्, ‘उनी लापरवाह पिता थिए र उनले कहिले पनि आफ्नो छोराको भविष्यबारे सोचेनन् । मैले किआनलाई आफ्नो पापासँग कुरा गर्न कहिल्यै रोकिनँ । मैले त उनलाई सँगै बस्न बोलाएको पनि थिएँ तर उनले रुची देखाएनन् । यहाँसम्म कि मैले उनको खर्चबारे पनि ध्यान दिएँ ।’
३७ वर्षका कुशल पंजाबीले २६ डिसेम्बरमा आत्महत्या गरेका थिए । उनी आफ्नो घरमा सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा भेटिएका थिए । एजेन्सी










प्रतिक्रिया