सोमबार, ३१ वैशाख २०८१

क्यान्सर भनेर अपरेसन गर्दा पेटबाट निस्कियो ४० चक्कु

समयपोष्ट २०७६ पुष १८ गते १३:११

Advertisement

भारत पंजाबका ४२ वर्षका जरनैल सिंहलाई एक्कासी पेट दुख्यो ।

अस्पतालमा अल्ट्रासाउन्ड गर्दा क्यान्सर जस्तो देखियो । त्यसपछि डाक्टरहरुले उनको अपरेसनको तयारी गरे । अपरेसन गर्दा डाक्टरहरुले उनको पेटबाट ४० वटा चक्कु निकाले । चक्कु देखेर डाक्टरहरु पनि अचम्ममा परेका थिए ।

त्यसपछि बिरामी भनिएका सिंहले अचम्मको खुलासा गरे । त्यो के भने उनलाई पछिल्लो दुई महिनामा एक्कासी चक्कु खाने तीव्र इच्छा जागेको थियो ।

सिंहलाई चक्कु खान धेरै राम्रो लाग्ने पनि बताए । यसकारण दुई महिनामा उनले ४० चक्कु खाएका थिए । चक्कु खाएपछि उनलाई पेटमा दुखाई शुरु भएको र अस्पतालमा अल्ट्रासाउन्ड गर्दा क्यान्सर जस्तो देखिएको थियो । एजेन्सी

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री