शनिबार, ५ जेठ २०८१

सुनिल सेट्टीका छोरा देखि मिस वल्र्ड छिल्लरसम्म, सन् २०२० मा बलिउड डब्यु गर्दै छन् यी ६ नयाँ अनुहार

समयपोष्ट २०७६ पुष १६ गते १४:३९

Advertisement

सन् २०२० मा बलिउडले ६ नयाँ कलाकार पाउने भएको छ । सन् २०१७ मा मिस वल्र्डको ताज चुम्न सफल मानुषी छिल्लर देखि सुनिल सेट्टीका छोरा आहानले समेत बलिउड डेब्यु गर्ने भएका छन् ।

मानुषीले फिल्म ‘पृथ्वीराज चौहान’ मार्फत बलिउडमा डेब्यु गर्दैछिन् । उनी अक्षयकुमारको अपोजिट छिन् । उनले यो फिल्ममा संयोगीताको भूमिका निभाउँदैछिन् ।

Advertisement

त्यस्तै तेगुल फिल्ममा प्रितीको भुमिका निभाएकी शालिनी पाण्डे रणवीर सिंहको साथमा फिल्म ‘जयेश भाई जोरदार’ मा दखिने पक्का भएको छ ।

यसैगरी एक हमारों मैं मेरी बहना है बेबी सिरिजमा काम गरिसकेकी क्रिस्टल डिसुजा सन् २०२० मा बलिउड डेब्यु गर्ने भएकी छन् । उनी अमिताभ बच्च्न,इमरान हासमी स्टार फिल्म ‘चेहरे मार्फत’ बलिउडमा डेब्यु गर्दैछिन् ।

पूजा बेदीकी छोरी आलिया फर्नीचरवाला सैफ अली खान स्टार फिल्म ‘जवानी जानेमन’ मार्फत २०२० मा बलिउडमा डेब्यु गदैछिन् । यो फिल्ममा आलिया सैफको छोरीको भूमिकामा छिन् । उनको डेब्यु फिल्म फेब्रुअरीमा रिलिज हुने छ ।

६६ औँ राष्ट्रिय फिल्म अवार्डमा फिल्म ‘महानती’ बाट बेस्ट एक्टरको अवार्ड जितेकी किर्ती सुरेश पनि बलिउडमा डेब्यु गर्ने तयारीमा रहेकी छन् । उनी फिल्म मैदानबाट बलिउड डेब्यु गर्दैछिन् ।

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री