अग्नीले एपीएफ क्लबलाई खेल सामाग्री उपलब्ध गरायो
अग्नी इन्कर्पोरेटेड प्रालिले अग्नि ग्रुप नेपाल एपीएफ क्लबलाई खेल सामाग्री उपलब्ध गराएको छ । कम्पनीले आगामी सिजनको लागि आवश्यक पर्ने ११२८ थान जर्सी तथा ट्रयाक क्लबलाई उपलब्ध गराएको हो ।
क्लबको प्रायोजक अग्नि ग्रुपका तर्फबाट अर्जुन शर्माले एपीएफ प्रमुख सिंहबहादुर श्रेष्ठलाई उक्त सामाग्री हस्तान्तरण गरे ।
५ वर्षको लागि प्रायोजन गरेको अग्नि ग्रुपले एपीएफ क्लवलाई वर्षभरि आवश्यक पर्ने खेल सामग्री निरन्तर उपलब्ध गराउँदै आएको छ ।
नेपालमा खेलकुदको विकासमा अग्नि ग्रुपको प्रायोजनसँगै सकारात्मक प्रभाव परेको छ भने एपीएफ क्लबले समग्र देशको खेलकुद बिकासमा उत्तरदायी एवं जिम्मेवारीपूर्ण भूमिका खेल्दै आएको विज्ञप्तीमा उल्लेख छ ।
राष्ट्रिय लिगमा मात्र केन्द्रित नभै खेलकुदको जरैदेखि विकास गर्नमा अग्नि केन्द्रित रहेको कम्पनीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
प्रतिक्रिया