आन्तरिक हवाइ भाडा दर घट्यो ,यस्तो छ नयाँ रेट
नेपाल आयल निगमले हवाइ इन्धनको मूल्य घटाएपछि निजि क्षेत्रका वायु सेवा कम्पनीहरुले आन्तरिक हवाइ भाडा दर घटाएका छन् । यही असार २१ गते बुधबारदेखि लागू हुने गरी हवाइ भाडादर घटाइएको वायु सेवा संचालक संघले जनाएको छ ।
नागरिक उड्यन प्राधिकरणको स्वीकृति लिएर घटाइएको नयाँ भाडादर अनुसार अब काठमाडौंबाट देशका विभिन्न स्थानमा तय भएका नयाँ हवाइ भाडादर यस्ता छन् ।
विराटनगर ७ हजार १ सय ४ रुपैयाँ – यसअघिको भाडा ७ हजार २ सय रुपैयाँ
भद्रपुरको ८ हजार ६ सय ७६ रुपैयाँ – यसअघिको ८ हजार ७ सय रुपैयाँ
भैरहवाको ५ हजार ९ सय १३ रुपैयाँ – यसअघिको ६ हजार रुपैयाँ
धनगढीको १२ हजार १९ रुपैयाँ – यसअघिको १२ हजार २ सय रुपैयाँ
नेपालगंज ८ हजार ३ सय ६५ रुपैयाँ – यसअघिको ९ हजार ५ सय रुपैयाँ
पोखरा ४ हजार ६ सय ३४ रुपैयाँ – यसअघिको ४ हजार ७ सय रुपैयाँ
जनकपुर ३ हजार ९ सय ४८ रुपैयाँ – यसअघिको ४ हजार रुपैयाँ
सिमरा ३ हजार ५ रुपैयाँ – यसअघिको ३ हजार ४५ रुपैयाँ
भरतपुर ३४ सय ५३ रुपैयाँ – यसअघिको ३५ सय रुपैयाँ
तुम्लिङटार ५ हजार ६ सय २३ रुपैयाँ – यसअघिको ५७ सय रुपैयाँ
रहेको छ । त्यसैगरी यसअघि ११ हजार रुपैयाँ रहेको काठमाडौं माउन्टेन फ्लाइटको भाडा दर घटेर १० हजार ८ सय ६२ कायम भएको छ ।
प्रतिक्रिया