विश्वकै ‘शक्तिशाली’ महिला बनिन् प्रियंका
समयपोष्ट
२०७५ चैत ५ गते २०:१६
बलिउड अभिनेत्री प्रियंका चोपडा ‘शक्तिशाली ५० महिला’को सूचीमा पर्न सफल भएकी छन् ।
प्रियंका ‘युएस टूडे’को मनोरञ्जन क्षेत्रको ‘शक्तिशाली ५० महिला’को सूचीमा पर्न सफल भएकी हुन् । यससंगै उनको चर्चा थप चुलिएको छ । प्रियंकासँगै चर्चित अभिनेत्री ओपरा बिन्फ्रे र मेरिल स्ट्रीप पनि सो सूचिमा छन् ।
त्यस्तै, गायिका बियोन्स, टेलिभिजन स्टार इलन डिजेनेर्स, ओस्कार विजेता जेनिफर लवरेन्स पनि सो सूचीमा छन् । प्रियंकाले सूचीमा समावेश हुन पाउँदा सम्मानित महसुस भएको प्रतिक्रिया दिएकी छन् । भनिन्, ‘अद्भुत महिलाहरुसँग यो सूचीमा अट्न पाउँदा आफूलाई सौभाग्यशाली महसुस गर्दछु ।’
प्रतिक्रिया