चारवटा कम्पनीले आइपीओ खोल्दै (हेर्नुहोस सूचिसहित)
काठमाडौं । चार ओटा कम्पनीले साधारण सेयर (आइपीओ) जारी गर्ने भएका छन् । नेपाल धितोपत्र बोर्डले उर्जा क्षेत्रका चार कम्पनीलाई साधारण सेयर (आइपीओ) जारी गर्ने अनुमति दिएको हो ।
अनुमति पाएका चार वटा कम्पनीको पुँजी बजारमा १ अर्ब ४३ करोड ७६ लाख ६१ हजार रुपैयाँको १ करोड ४३ लाख ७६ हजार ६१० कित्ता सेयर आउने छन् ।
यस्ता कम्पनीमा हिमालयन उर्जा विकास कम्पनी, यूनिभर्सल पावर कम्पनी, पाँचथर पावर कम्पनी र ग्रिनलाईफ हाईड्रोपावर रहेका छन् ।
साधारण सेयर जारी गर्ने मध्ये सबै भन्दा बढी यूनिभर्सल पावर कम्पनीले आइपिओ जारी गदैछ । भने सवैभन्दा कम हिमालयन उर्जा विकास कम्पनी ले जारी गर्न अनुमति पाएको छ ।
हिमालयन उर्जा कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा १४ करोड ८५ लाख रुपैयाँ बराबरको १४ लाख ८५ हजार कित्ता सेयर निष्काशन गर्नेछ । सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लागि कम्पनीले नबिल इन्भेष्टमेन्ट बैंकिङ्गलाई तोकेको छ । कम्पनीले आयोजना प्रभावित बासीन्दालाई यस अघि नै ९ करोड ९० लाख रुपैयाँ बराबरको ९ लाख ९० हजार कित्ता आइपीओ निष्काशन गरी बाँडफाडँ गरेको थियो ।
प्रतिक्रिया