मंगलबार, १८ वैशाख २०८१

धरहरा अबको २ बर्षभित्र बनिसक्छ : प्रधानमन्त्री ओली

समयपोष्ट २०७५ पुष ७ गते १२:३३

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सांस्कृतिक सम्पदाको वैभवको मुख्य चूरो नेवारी कला र संस्कृति नै भएको बताएका छन् ।

Advertisement

पन्ध्रौ ज्यापु दिवसका अवसरमा ज्यापु संस्कृति विकास कोषद्वारा आज बसन्तपुरमा आयोजित कार्यक्रममा उनले नेपाली कला र संस्कृति भनेको नेपाल भाषा र संस्कृति नै हो भने ।

हाम्रा कला, संस्कृति, गौरवलाई खेर जान नदिने प्रण गर्दै प्रधामन्त्री ओलीले सबै भाषाभाषी मिलेर नेपाल बनेकाले विविधताको संरक्षण गर्नेमा सबै पक्ष सजग र सचेत हुनुपर्छ भने ।

उनले सम्पूर्ण नेपालाई गौरव, सामनजस्य, पारस्परिक सहयोग, सम्मानका साथ एकता र एकरुपता कायम गरेर अघि बढ्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “इतिहासको संरक्षण गर्दै विकासको बाटोमा अघि बढनुपर्छ, हामीलाई आधुनिक नेपाल चाहिएको छ, गौरवपूर्ण इतिहास झल्कने नेपालको विकास गर्नुपर्छ ।”

पुरातत्वलाई ध्यानमा राखेर नयाँ निर्माण गर्नुपर्ने बताउँदै उनले काठमाडौँमा जताबाट हेरेपनि देखिने धरहरा दुइै वर्षभित्र बन्ने विश्वास दिलाए । सरकार सुशासन र विकासको नयाँ यात्रामा अघि बढिरहेको बताउँदै प्रधामन्त्री ओलीले भने, “विकासलाई अघि बढाउने संकल्प गरेका छौँ, सरकारलाई अलोकप्रिय बनाउने कोसिस भइरहेको छ, तर देशको हित र स्वाभिमानको पक्षमा उभिने अठोटका साथ अघि बढेकाले कसैले केही विगार्न सक्दैन ।”

काठमाडाँै विमानस्थललाई विश्वकै बुटीक विमानस्थलका रुपमा विकास गर्न आफूले चाहेको बताउँदै प्रधानमन्त्री ओलीले भने, “बुटीक एयरपोर्ट भनेको आफ्नो परम्परा, कला, संस्कृति र भेषभूषा जस्तै हो, विमानस्थमा ओर्लनास नेपाली धुन सुन्न, नेपालमा उत्पादन भएको अर्गानीक चिया पिउन पाएमा यहाँको सभ्यता, संस्कृति, भेषभूषा र कला देखेर विदेशी खुशी हुन्छन् ।”

प्रतिक्रिया

सम्बन्धित सामाग्री