आइतबार, २३ वैशाख २०८१

वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा

समयपोष्ट २०७३ चैत ३० गते ३:४५

नेपाल उद्योग वाणिज्य महासंघको ५१ औं साधारणसभाबाट शेखर गोल्छा बरिष्ठ उपाध्यक्षमा भारी मतले निर्वाचित भएका छन् । 
बरिष्ठ उपाध्यक्षमा निर्वाचित गोल्छाले प्रतिद्वन्द्वी किशोरकुमार प्रधानलार्इ  पराजित गरेका हुन् । गोल्छाले ६३ दशमलब ३० प्रतिशत मत ल्याए भने प्रधानले ३६ दशमलब ७० प्रतिशत मात्रै मत पाए। गोल्छा अब भवानी राणापछिको कार्यकालमा अध्यक्ष हुने पक्का गरेका छन् । गोल्छा नेपालकै जेठो औद्योगिक घराना गोल्छा अर्गनाइजेसनको कार्यकारी निर्देशक हुन । 

Advertisement

जिल्ला नगरमा प्रमोद श्रेष्ठ

pramod
जिल्ला नगर समूहका उपाध्यक्षमा प्रमोद श्रेष्ठ विजयी भएका छन् । उनले ५३ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी दिनेश श्रेष्ठले ४७ मत पाएका थिए ।जिल्लारनगरको १८मध्ये १६ केन्द्रीय सदस्य गोल्छा प्यानलबाटै निर्वाचित भएका छन् । २ जना मात्रै प्रधान समूहबाट केन्द्रीय समितिमा आएका छन् ।
जिल्ला तथा नगरतर्फ उमेश डालमियाले सबैभन्दा बढी  ८९ मत ल्याएका छन् । सुरकृष्ण वैद्य, राजन श्रेष्ठ, मनिषलाल प्रधान, कृष्णप्रसाद शर्मा, कृष्णप्रसाद श्रेष्ठ, दिपक लम्साल, कृष्णप्रसाद श्रेष्ठ, ध्रुवराज श्रेष्ठ भारी, दिलशुन्दर श्रेष्ठ, राजेन्द्रकुमार श्रेष्ठ, निरक केसी, किशोरकुमार आचार्य, सुरेन्द्रप्रसाद श्रेष्ठ,  चन्द्रकान्त अधिकारी र कल्याण जोशीले केन्द्रीय सदस्यमा जित हात पारेका छन् । देबकुमार श्रेष्ठ र सुदर्शन कार्कीले समान मत ल्याएकाले एक केन्द्रीय सदस्यमा लागि गोलाप्रथा हुनेछ ।

वस्तुगतमा उमेशलाल श्रेष्ठ​

umeshlal

Advertisement

वस्तुगततर्फका उपाध्यक्षामा गोल्छा समूहका उमेशलाल श्रेष्ठ विजयी भएका छन् । उनले ४७ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी शंकर पाण्डेको ४३ मत पाएका थिए ।  गोल्छाका ११ सदस्य निर्वाचित हुँदा प्रधानका ३ जना आएका छन् । वस्तुगततर्फ केन्द्रीय सदस्यमा सबैभन्दा धेरै मत ल्याएर अञ्जन श्रेष्ठ विजयी भएका छन् । हेमराज ढकाल, आकाश अधिकारी, कमला श्रेष्ठ, विनोद ढकाल, शिवप्रसाद घिसिरे, सकुन्तलाल हिराचन, रबिनकुमार श्रेष्ठ, सुनिगोपाल श्रेष्ठ, सन्दीपकुमार अग्रवाल, तिलचन्द्र भट्टराई, सुरेन्द्रकुमार श्रेष्ठ र जयप्रसाद शिवाकोटीले जितेका छन् ।

एसोसिएटमा चन्द्रप्रसाद ढकाल  निर्बिरोध

chandra dahakl
एसोसिएट उपाध्यक्षामा  चन्द्रप्रसाद ढकाल यस अघि नै निर्बिरोध निर्वाचित भएका थिए । सदस्यहरुमा  प्रबलजंग पाण्डे, अशोक कुमार तेमानी, अशोक कुमार तोदी, आनन्द वगरिया, ओमराज भण्डारी, कृष्णप्रसाद दुलाल, गोपाल खनाल, ज्योत्सना श्रेष्ठ ९सुब्बा०, भरतराज आचार्य, मनिषकुमार अग्रवाल, मंगेशलाल श्रेष्ठ, राजेशकुमार अग्रवाल, रामशरण थपलिया, रंजितराज आचार्य, विजयसिंह बैद्य, शाहिल अग्रवाल, सुनिल नारायण श्रेष्ठ, सौरभ ज्योति र ज्ञानेन्द्रलाल प्रधान निर्वाचित भएका हुन् ।

pradhan

कोषाध्यक्षमा ज्ञानेन्द्रलाल प्रधान पक्का

महासंघको बिधान अनुसार कोषाध्यक्ष पदको लागि कार्यकारिणी सदस्यहरुबीच प्रत्यक्ष मतदान हुनेछ । गोल्छा समुहले ज्ञानेन्द्रलाल प्रधानलाई कोषाध्यक्ष पदमा अघि सारेको छ ।, गोल्छाको बहुमत आएकोले उनि कोषध्यक्ष हुने पक्का भएको छ । यस्तै  प्रत्येक प्रदेशबाट एक सदस्य र प्रदेश अध्यक्ष कार्यकारिणी समितिमा पछि थप हुनेछन । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री