नेपाल बैंकले निस्कासन गर्ने भयो हकप्रद
समयपोष्ट
२०७३ चैत २२ गते ४:५७
नेपाल बैंक लिमिटेडले हकप्रद सेयर निस्कासन गर्ने भएको छ । बैकले वैशाख ७ गतेबाट एक अर्ब ५४ करोड ३१ लाख ८४ हजार रुपैयाँ बराबरको हकप्रद निस्कासन गर्न लागेको हो । बैंकले १०० कित्ता हुनेलाई २३.७४ को अनुपातमा सेयर निस्कासन गर्दैछ ।
बैंकको सेयर निस्कासन तथा बिक्रि प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ । बैंकको हकप्रद सेयरको आवेदन जेठ १० दिन सकिन्छ ।
बैंकको चुक्ता पूँजी ६ अर्ब ४९ करोड रुपैयाँ रहेको छ ।
प्रतिक्रिया