भारतद्वारा कास्की जिल्लामा तीन शैक्षिक संस्थाको निर्माण, मन्त्री र डिसिएमले गरे उद्घाटन
कास्की जिल्लामा भारत सरकारको सहयोगमा निर्माण भएका तीन वटा शैक्षिक संस्थाको औपचारिक उद्घाटन भएको छ ।
शनिवार एक समारोबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारी र भारतीय दूतावासका मिशन उप९प्रमुख डा. अजय कुमारले औपचारिक उद्घाटन गरेका हुन् ।
लेखनाथ नगरपालिकास्थित श्री सरस्वती टिका उच्च माध्यमिक विद्यालयको मन्त्री श्री रबिन्द्र अधिकारी, श्री लक्ष्मी आदर्श महुमुखी क्याम्पस र श्री गुप्तेश्वर महादेव महुमुखी क्याम्पसको डा. अजय कुमारले उद्घाटन गरे ।
श्री सरस्वती टिका उच्च माध्यमिक विद्यालय ३७.१० मिलियन नेपाली रुपैँया बराबरको भारतीय सहयोगमा निर्माण गरिएको हो । राष्ट्रिय परिक्षा बोर्डसँग आबद्ध उक्त विद्यालयले प्लस टु तहका विभिन्न कार्यक्रम प्रदान गर्दै आएको छ । कास्की जिल्लाको प्रतिष्ठित उक्त विद्यालयले त्यहाँ अध्ययनरत विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । सो विद्यालयमा अध्ययनरत झण्डै १ हजार १ सय विद्यार्थीमध्ये ४५ प्रतिशत छात्रा छन् ।
नेरु ४८.४० मिलियन भारतीय सहयोगमा श्री लक्ष्मी आदर्श बहुमुखी क्याम्पसको निर्माण भएको हो । त्रिभुवन विश्वविद्यालयसँग आबद्ध रहेको उक्त क्याम्पसले शिक्षा संकायमा स्नातक तहसम्म चार वर्षे पूर्णकालिन कार्यक्रम एवं प्लस टु तहमा व्यवस्थापन, शिक्षा र मानविकी संकायमा पनि सेवा प्रदान गर्दछ । यस क्याम्पसमा ४ सय ५० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् जसमध्ये ८५ प्रतिशत छात्रा रहेका छन् ।
नेरु ४१.१० मिलियन बराबरको भारतीय सहयोगमा श्री गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसको निर्माण भएको हो । यो त्रिभुवन विश्वविद्यालयसँग आबद्ध रहेका एक गैरनाफामूलक प्राज्ञिक संस्था हो जसले बि।एड।, बिबिएस र एमबिएस संकायमा सेवा प्रदान गर्दछ । सन् २०१८ को शैक्षिक सत्रदेखि यस क्याम्पसले बिएचएम र बिआईएम संकायमा पनि अध्यापन शुरु गरेको छ । यस क्याम्पसमा ४ सय १८ जना विद्यार्थी अध्ययनरत छन् जसमध्ये ८० प्रतिशत छात्रा रहेका छन् ।
नवनिर्मित संरचनाहरु (सभा हल, कम्प्युटर ल्याब, पुस्तकालय, आदि)ले विद्यार्थीका लागि अध्ययन गर्ने वातावरणलाई थप उर्जाशील बनाउनुका साथै कास्की, स्याङजा, पर्वत, म्याग्दी र तनहुँ जिल्लाका थुप्रै विद्यार्थीका लागि शिक्षाको पहुँच पनि सुनिश्चित गर्नेछ ।
उदघाटन समारोहलाई संबोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले भारत सरकारबाट विद्यालय भवन निर्माणका लागि प्राप्त सहयोगले विद्यार्थीको भविष्य निर्माणमा महत्वपूर्ण बन्ने विश्वास व्यक्त गरे ।
भारतीय दूतावासका मिशन उप९प्रमुख डा. अजय कुमारले भारत सरकारले नेपालको शिक्षालगायत विभिन्न क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको र आगामी दिनमा पनि यस्ता सहयोगले निरन्तरता पाउने बताए । विद्यालयको भवन निर्माणसँगै बालबालिकाको भविष्य निर्माण समेत भइरहेकोमा उनको जोड छ ।
प्रतिक्रिया